एकैदिन अहिलेसम्मकै सर्वाधिक संख्यामा संक्रमित फेला, ३ हजार ४ सय ३९ जनामा संक्रमणको पुष्टि

एकैदिन अहिलेसम्मकै सर्वाधिक संख्यामा संक्रमित फेला, ३ हजार ४ सय ३९ जनामा संक्रमणको पुष्टि

काठमाडौं, २१ असोज । मुलुकमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ४ सय ३९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १ जना, उदयपुरमा ४ जना, खोटाङमा ३ जना, झापामा २२ जना, धनकुटामा ३ जना, मोरङमा ३ सय २२ जना, ओखलढुंगामा ४ जना, संखुवासभामा ३ जना र सुनसरीमा १ सय ९३ जनामा पुष्टि भएको छ ।

यस्तै, प्रदेश २ को धन्ुषामा १८ जना, पर्सामा १५ जना, बारामा १३ जना, महोत्तरीमा ५ जना, रौतहटमा ३४ जना, सप्तरीमा ३३ जना, सर्लाहीमा १७ जना र सिरहामा १५ जनामा भाइरस पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौंमा १ हजार २ सय ९६ जना, काभ्रेमा ५१ जना, चितवनमा १ सय ३१ जना, दोलखामा ६ जना, धादिङमा १० जना, नुवाकोटमा ९ जना, मकवानपुरमा ९९ जना, रामेछापमा ८ जना, भक्तपुरमा ९५ जना, ललितपुरमा २ सय ९३ जना र सिन्धुपाल्चोकमा ११ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा ३४ जना, तनँहुमा १३ जना, गोरखामा १३ जना, नवलपरासी पूर्वमा १७ जना, लमजुङमा १९ जना, वागलुङमा ३४ जना र स्याङजामा ३ जनामा संक्रमण देखिएको छ ।

यता, लुम्बिनी प्रदेशको कपिलवस्तुमा ३३ जना, गुल्मीमा ९ जना, दाङमा ३४ जना, नवलपरासीमा ९ जना, पाल्पामा ४ जना, प्यूठानमा ६ जना, बर्दियामा १ जना, बाँकेमा १ सय ६ जना, रुकुम पूर्वमा १ जना, रोल्पामा २ जना र रुपन्देहीमा १ सय ३० जनामा संक्रमण देखिएको छ ।

यता, कर्णाली प्रदेशको कालिकोटमा १ जना, दैलेखमा ५ जना, रुकुम पश्चिममा ३ जना, र सुर्खेतमा ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ४ जना, कैलालीमा २५ जना, डडेल्धुरामा १ जना, डोटीमा ३ जना, दार्चुलामा ४८ जना, बझाङमा १ जना र बैतडीमा २ जनामा संक्रमण देखिएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment