योगि नरहरिनाथको बिचारलाई बाहिर ल्याउन विद्वानहरु सँग विश्व हिन्दु युवा संघको अन्लाईन छलफल


काठमाडौं असोज १६:     बिश्व हिन्दु युवा संघले योगि नरहरि नाथको बिचारलाई सबैको सामु पुर्याउन के गर्नुपर्ला भनेर आज बौद्धिक समुह सँग छ्लफल गरेको छ। संघका अध्यक्ष ऋषिकेश जंग शाहको पहलमा जुम मार्फत भएको छलफल कार्यक्रममा डाक्टर बिद्यानाथ कोइराला, योगि शिर्षनाथ,प्राध्यापक डाक्टर बेनिमाधव कोइराला,डाक्टर चिन्तामनी योगि,डाक्टर मृगेन्द्र कार्कि लगायत दुई दर्जन विद्वानहरुको सहभागी थिए। 

उक्त छलफलमा सहभागी विद्वानहरुले योगि नरहरीनाथ एउटा ठूलो राष्ट्रवादी चिन्तन भएको ब्यक्ति भएको भन्दै उहाको बिचारलाई सबै जनता सामु पुर्याएर अगाडी बढ्न सके देशले काचुली फेर्नेमा जोड दिएका थिए। साथै उक्त छलफलमा सहभागी विद्वानहरुले भारतमा स्वामी विवेकानन्दको जस्तो पहिचान छ त्यो भन्दा राम्रो पहिचान सहित योगि नरहरीनाथलाई पाच बर्षमा स्थापित गर्ने तर्क समेत गरे।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment