एकै दिन हालसम्मकै उच्च संख्यामा संक्रमित फेला, २ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि

काठमाडौं, १६ असोज मुलुकमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को उदयपुरमा २ जना, खोटाङमा १ जना, झापामा २३ जना, ताप्लेजुङमा १ जना, तेहूथुममा २ जना, मोरङमा १ सय ५० जना, संखुवासभामा १ जना र सुनसरीमा २३ जनामा संक्रमण देखिएको छ ।यस्तै, प्रदेश २ को धनुषामा ५ जना, पर्सामा २४ जना, बारामा १४ जना, महोत्तरीमा ६ जना, रौतहटमा ४ जना, सप्तरीमा १५ जना, सर्लाहीमा ६ जना र सिरहामा २२ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, वागमती प्रदेशको काठमाडौंमा १ हजार २ सय ८० जना, काभ्रेमा २३ जना, चितवनमा ८३ जना, दोलखामा २ जना, धादिङमा २३ जना, नुवाकोटमा ११ जना, मकवानपुरमा ५५ जना, रामेछापमा ३ जना, सिन्धुपाल्चोकमा १० जना, सिन्धुलीमा १३ जना, ललितपुरमा १ सय ६२ जना र भक्तपुरमा १ सय ९६ जनामा संक्रमण देखिएको छ ।
यस्तै, गण्डकी प्रदेशको कास्कीमा १३ जना, गोरखामा ४ जना, तनहुँमा ७ जना, नवलपरासी पूर्वमा १६ जना, पर्वतमा १ जना, लमजुङमा १४ जना, वागलुङमा १२ जना र स्याङजामा २ जनामा संक्रमण देखिएको छ ।
यता, प्रदेश ५को कपिलवस्तुमा ७ जना, गुल्मीमा २६ जना, दाङमा २८ जना, नवलपरासीमा २३ जना, पाल्पामा ११ जना, बर्दियामा ९ जना, बाँकेमा ७० जना, र रुपन्देहीमा ९२ जनामा संक्रमण देखिएको छ ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ३ जना, जुम्लामा ६ जना, दैलेखमा १० जना, सुर्खेतमा १ सय २२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ८ जना, कञ्चनपुरमा ७ जना, कैलालीमा १३ जना, डोटीमा ८ जना, दार्चुलामा १५ जना, बझाङमा ५ जना, बाजुरामा १ जना र बैतडीमा ३ जनामा संक्रमण देखिएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment