पछिल्लो २४ घण्टामा प्रदेश १ का बिभिन्न अस्पतालमा उपचाररत १२ कोरोना संक्रमितको मृत्यु

विराटनगर, २५ कात्तिक । पछिल्लो २४ घण्टामा प्रदेश नं १ का बिभिन्न अस्पतालमा उपचार गराइरहेका १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार रातिदेखि मंगलबार बेलुकासम्म विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ५ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३ जना, सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा एक जना र होम आइसोलेनमा २ जनाको मृत्यु भएको हो ।

मंगलबार विहान ८ः३० बजे नोबेलमा झापाको गौरादह–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना पोजिटिभ देखिएपछि उनलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको गरिएको थियो । मृतकमा श्वासप्रश्वासको समस्या थियो ।

नोबेलमै तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको विहान ८ः२० मृत्यु भएको थियो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको थियो ।

झापाको हल्दिबारी–४ का ७० वर्षीय पुरुषको नोबेलमै ५ः४५ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।

यसैगरि मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान ६ः३० बजेतिर नोबेलमै मृत्यु भएको सो अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो ।

उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते भर्ना गरिएका उनको बिहान ५ः३० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६९ वर्षकी महिलाको मंगलबार बिहान मृत्यु भएको छ । सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको सो अस्पतालले जनाएको छ । कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

विराटनगर–३ का ७७ वर्षीय पुरुषको पनि कोशी कोभिड उपचार केन्द्रमै मृत्यु भएको छ । उनको मृत्यु बिहान ७ः३० बजेतिर भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगर महानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मंगलबार बिहान १०ः३० बजेतिर कोशी कोभिड अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि कात्तिक १९ गते अस्पताल भर्ना गरिएका पुरुषको मृत्यु भएको हो ।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षका पुरुषको सोमबार राति ९ः५० बजेतिर मृत्यु भएको छ । निमोनियाको समस्या रहेका पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएकोमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।



मोरङको सुन्दरहरैँचा–७ की ७७ वर्षकी महिलाको आफ्नै घरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७ बजेतिर मृत्यु भएको परिवार श्रोतले जनाएको छ ।

विराटनगर ३ का ८९ वर्षीय संक्रमित पुरुषको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । कोरोना संक्रमणपछि घरमै रहेका उनको सोमबार राति मृत्यु भएको हो ।

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उदयपुरको चौदण्डीगडी २ का ४२ बर्षका पुरुषको मृत्यु भएको छ । शारीरिक र मानसिक रुपमा कुनै दीर्घ रोग नभएका उनको दिउँसो साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई कात्तिक १४ गते अस्पताल भर्ना गरिएको थियो भने उनमा कात्तिक १६ गते कोरोना पुष्टि भएको थियो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याा २ सय ६२ पुगेको छ । जसमा २१ जना प्रदेश बाहिरका रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment