पर्यटकको पर्खाइमा इलाम सिद्दिथुम्काको मनमोहक पङ्खेलुङ झरना

  • बिमल अधिकारी 

देउमाई, २५ कातिकः पुर्बी नेपालको हरियाली जिल्ला इलाम अनि इलाम जिल्लाको एक पर्यटकिय ठाउँ हो सिद्दिथुम्का । देउमाइ नगरपालिकाको  सातमा पर्ने सिद्दिथुम्का धेरै दृस्टिकोणले पर्यटकिय संभावना बोकेको ठाउँका रुपमा चिनिन्छ। मुख्यतया सिद्दिथुम्का सूर्योदय र सूर्यास्तको दृश्य अबलोकन गर्ने गन्तव्यका रुपमा चिरपरिचित छ।

यस्तै गन्तव्यहरु मध्धेको एउटा गन्तव्य हो पङ्खेलुङ झरना।   साविक सिद्धिथुम्का गाविसको वडा ९ हाल देउमाई नगरपालिका वडा नं सातमा रहेको पङखेलुङ्ग गाउँ र वास्थल गाउँको बीचबाट  पङखेलुङ्ग खोला झरेको छ। उक्त खोलाको केही भाग निक्कै माथी बाट झरेको छ। यसै भागलाई पङ्खेलुङ झरनाको नामले चिनिने गरेको छ। निक्कै माथीबाट झरिरहेको यो  झरना निक्कै  आकर्षक रहेको छ । सोयाक भञ्ज्याङ्गबाट एक हजार पाँच मिटर मुनि रहेको यस झरनामा पुग्नका लागि सडक यातायातको व्यवस्था छ । स्थानिय बासिन्दाहरुले काली दह, चङ्गलङ्ग पहराका नामले चिनिएको दुई तले  झरना करीब पचास  मिटर अग्लो चित्त आर्कषक मनोरम रहेको छ । 
झरनाको छाँगोले बनेको ढुङ्गाको करिब ७ फिट गहिरो दहमा पानीको फोहोरा डुबुल्की मारी पानी पुन अर्को छाँगामा बहदा झरनाको दृश्य अति मनोरम देखिन्छ । यस खोलामा पाहा पाइने भएकोले स्थानीय बासिन्दाले यस झरनामा पाहा मार्न जाने गरेकोले जैविक विविधताको दृष्टिकोणले अति महत्वपूर्ण रहेकोछ । धेरै बर्ष पहिले यहाँ चङ्गलङ्ग भन्ने राक्षस बस्दथियो भन्ने बुढापाकाको भनाई रहेको यस क्षेत्रको पर्यटकिय चासो राख्ने युबराज घोर्साइ बताउछन। 

संरक्षणको अभावमा यस दुई तले पंखेलुङ्ग झरना इलाम जिल्लाकै झरना मध्ये एक महत्वपूर्ण मान्न सकिन्छ ।
मोटर बाटोबाट करिब आधा घण्टाको रमाइलो यात्रा गरि ओराली उकाली स्थानिय मौलिक रहन सहनको अवलोकन गर्दै झरनाको दृष्यावलोकन गर्न सकिन्छ । स्थानिय होम स्टे, खान बस्नको लागि स्थानीयले सहजीकरण गर्ने व्यावस्था मिलाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment