विराटनगर र धरानमा थप ७ कोरोना संक्रमितको मृत्यु


बिराटनगर, २४ कार्तिक । विभिन्न कोभिड अस्पतालमा उपचाररत थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा ३, विराट नर्सिङ होममा २, विराट मेडिक कलेजमा १ र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १ र धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा २ जनाको मृत्यु भएको हो ।

मोरङको रतुवामाई नगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा कोशी कोभिड अस्पतालमा मृत्यु भएको छ । कात्तिक १८ गते कोरोना पुष्टि भएका उनलमा श्वासप्रश्वासको समस्या थियो ।

विराटनगरकै नोबेल मेडिकल कलेजमा इलाम मंगलबारेका ६५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मधुमेह र फोक्सो सम्बन्धी समस्या रहेका उनलाई कात्तिक १७ गते उपचारका लागि अस्पताल भर्ना गरिएपछि त्यही दिन कोरोना पुष्टि भएको थियो ।
नोबेलमै सुनसरीको इनरुवाका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १७ गते अस्पतालमा भर्ना गरिएका पुरुषमा सोही दिन पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो । उनको आईसीयूमा राखेर उपचार भइरहेकोमा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment