नीति निर्मातालाइ प्रश्न 'अझै कती सहने ?' : महिला हिंसा बिरुद्द फिक्कलमा प्रदर्शन

  • बिमल अधिकारी 


इलाम, २५ कार्तिकः सूर्योदय नगरपालिकाको फिक्कल बजारमा महिला हिंसा र बढ्दो बलात्कारको बिरोधमा शान्तिपुर्ण बिरोध प्रदर्शन गरिएको छ। सोमबार दिउँसो आयोजित बिरोध प्रदर्शन कार्यक्रममा पचास  बढी दिदीबहिनी तथा दाजुभाइहरुको उपस्थिति रहेको थियो। पछिल्लो पटक नेपालमा बढिरहेको महिला हिंसाको बिरोध गरि सरकारलाई घच्घच्याउने उदेश्य अनुसार सो कार्यक्रमको आयोजना गरिएको हो। 

अझै कति सहने, म स्वतन्त्रताको पक्षमा उभिएको छु, तिमी हेरेर बस सरकार भोलि तिम्रो पनि कसैले इज्जत लुटन सक्छ, महिला हिंसा अन्त्यका लागि हामी पुरुषको पनि साथ  लगायतका प्ले कार्ड वोकेर शान्तीपुर्ण प्रदर्शन गरिएको हो।


स्वतस्फूर्त रुपमा स्थानिय महिला दिदीबहिनीहरुको समूहले आयोजना गरेको कार्यक्रम दिउँसो १२ देखि एकघन्टासम्म  फिक्कल बजारमा गरिएको सहभागी अलिशा गदालले बताइन।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment