जन्म दिनको अवसरमा प्रमिला खडकाद्वारा बृद्धाआश्रम पुगेर बाँडिन हर्लिक्स फलफुल


इलाम, १४ मंसिरः इलाम नगरपालिका वडा नं ७ निवासी समाजसेवी प्रमिला खडकाद्वारा आफ्नो ४५ औं बर्षको जन्मदिनको  पावन अवशरमा इलाम न पा १० स्थीत माइभगवती बृद्धाआश्रममा पुगेर बृद्ध बृद्धालाई पोषणयुक्त हर्लिकक्स , अनार स्याउ लगायतका फलफुल समाग्री हस्तान्तरण गरिन । परिवारका सदस्यहरु सहित पुगेर सम्पुर्ण बृद्ध बृद्धालाई उनले उक्त सामाग्रि दिएकी हुन । आजभोली जन्मदिन ठुलो धनराशि फजुल  खर्च गरी  मनाइने प्रचलनका बिरुद्ध उनले समाजमा दुखमा परेका समुदायबाट बहिस्कार भएका पिडित बृद्धबृद्धाहरुलाइ आफनै आमाबुबा सम्झेर बितरण गरेको र सबै मिलेर आफुले सकेको सामाजीक कार्यगर्न सके समाज परिवर्तन गर्न कठिन समेत नहुने बताइन   । 

आफना पति नेपाली काग्रेसका युवा नेता डम्बर खडकाको प्रेरणा र हौसलाले गर्दा पनि  समाजसेवामा लाग्ने गरेको बताउने उनी गरीब दिन दुखी लाई  सहयोग गर्नु मानव धर्म हो भन्छिन  र सदैव पतिलाइ यस क्षेत्रमा लाग्न सहयोग गरिरहने बताउछिन बिगत बर्षमा नेता खडकाले  आफनो जन्मदिनको अवशरमा जोगमाइ निवासी रक्त क्यान्सर पिडित गरीब एक बालकलाइ अस्पताल पुगेर रु ३१००० सहयोग गरेका थिए ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment