राजसंस्था पक्षधरको जुलुस नजान सरकारले उर्दी जारी गरेको भोलिपल्ट काठमाडौंमा राजवादीको शक्ति प्रदर्शन (तश्वीरमा)

काठमाडौं, १५ मंसिर । देशको बिभिन्न भागमा भएको प्रदर्शनबाट उत्साहित भएका राजसंस्था पक्षधरहरुले आज काठमाडौंको पनि शक्ति प्रदर्शन गरेका छन् ।
राजा आउँ देश बचाउदेखि २०४६ सालको संविधान पुर्नस्थापित गर भन्ने नारा लगाउँदै काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका छन् ।हात हातमा राष्ट्रिय झण्डा बोकेर काठमाडौं , ललितपुर र भक्तपुरको बिभिन्न भागबाट माइतीघरमा भेला भएकाहरु नाराबाजी गर्दै नयाँ वानेश्वर पुगेका छन् ।
र्यालीमा कतिपय स्वतस्फुर्तरुपमा भेला भएका छन् भने र्यालीमा राजसंस्था र २०४६ सालको संविधानको पुर्नस्थपाना माग गरिरहेका छन् । र्यालीमा गणतन्त्र विरोधी नारा गुञ्जाइएको छ भने वर्तमान शासन प्रणाली असफल भएको दावी समेत गरिएको छ । र्यालीमा हिन्दू राज्य पुर्नस्थापनाको माग पनि चर्कोरुपमा उठाइएको छ ।राजसंस्था पक्षधरहरुले यस अघि विराटनगर , कैलाली , नेपालगञ्ज र हेटौडामा प्रदर्शन गरिसकेका छन् । हिजो मात्र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राजसंस्था पक्षधरको जुलुस र गतिविधिमा सहभागी नहुन आम देशवासीलाई अपील गर्नु भएको थियो ।
 न्युज२४ नेपालबाट साभार 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment