इलामको फाकफोकथुममा पिकअप दुर्घटना, दुई जनाको मृत्यु


इलाम,  इलाम फाकफोकथुम गाउपालिका- ५ थुम्का भिर स्थित पाँचथरको रबि बाट नवमी हुदै इलाम तर्फ आउदै गरेको को.२ च. १५ नम्बरको ( तरकारी बोकेको ) पिकअप आफै अनियन्त्रित भइ  ईलाम फाकफोकथुम गाउपालिका- ५ थुम्का भिर बाट अं.४००/५०० मिटर तल झर्दा  पिकअपमा सवार ४ जना मध्ये  २ जना पुरुष ब्यक्तिको घट्‍ना स्थलमा मृत्यु भएको छ । मृतकको शव घटना स्थलमा रहेको तथा पिकअपमा सवार चालक र १ जना सवार ब्यक्ति घाईते भई निजहरुलाई इलाम अस्पताल तर्फ ल्याउदै गरेको, घटना स्थलमा  प्रहरी चौकी गजुरमुखि र अस्थाई प्रहरी बिट गजुरमुखिबाट टोलि खटिगएको, सवारी साधन र दुबै शव  घटना स्थलमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

माई नगरपालिकाबाट सामान लिई गएको पिकअप लुम्दे बाट फर्कने क्रममा थुम्कीडाँडावाट ५ सय मिटर तल खस्दा २ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा माई-९ वोरुङका बिमल भनिने दिनेश लिम्बु र ईलाम नगरपालिका-११ सोयाक निर्फुकका नविन वुलुन रहेको वताईएको छ । उनिहरु दुवैलाई अहिले साँझ सम्म भिरवाट निकाल्न नसकिएको घटना स्थलमा रहेका नेकपा फाकफोकथुम गाँउपालिकाका अध्यक्ष दिपेन्द्र खनालले बताँउनु भयो ।

 गम्भिर घाईते भएका माई-१का विकास तामाङलाई उपचारकालागि ईलाम तर्फ लगिएको गाडि धनि सचिन राईले बताँएका छन । राईका अनुसार गाडीको ब्रेकफेल अनियन्त्रित हुदा सडकवाट पिकअप खसेको थियो ।

  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment