‘सुरक्षा खतरा’ रहेको भन्दै धुम्बाराही जान मानेनन् ओली, सचिवालय बैठक बालुवाटारमै बस्ने

काठमाडौं, १६ मंसिर । सुरक्षा खतरा रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय धुम्बाराही जान अस्वीकार गर्नुभएकाे छ । नेकपा अध्यक्ष समेत रहनुभएका ओलीले पार्टी कार्यालय जान अस्वीकार गरेपछि आजको नेकपा सचिवालयको बैठक बालुवाटारमै सारिएको छ ।

गत शनिबार बालुवाटारमै बसेको बैठकले मंगलबार सचिवालय बैठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेकाे थियाे । तर अन्तिम समयमा आएर सुरक्षा थ्रेड देखाउँदै चिवालय बैठकले  बालुवाटारमै सारिएकोल हाे ।

आफ्नै पार्टी कार्यालयमा जाँदा कस्तो खालको सुरक्षा खतरा थियो भन्नेबारेमा स्पष्ट रुपमा खुलाइएको भने छैन । बैठकको समय भने दिउँसो १ बजेकै लागि यथावत छ ।

सुरक्षा निकायहरुले धुम्बाराहीस्थित पार्टी कार्यालय सुरक्षाको जोखिम रहेको सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलमार्फत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष जानकारी पठाउनुभएकाे एक सचिवालय सदस्य जानकारी दिए  ।

कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १९ पृष्ठको प्रस्ताव पेश गर्नुभएकाे थियाे । अध्यक्ष केपी शर्मा ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको जवाफ पेश गर्नुभएकाे थियाे । आज बस्ने सचिवालय बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment