कोरोनाले पहिलो पुस्ता सखाप, मृत्युको केही समयअघि शिशू जन्माइन् परिवारकै एक्ली छोरीले

 


एजेन्सी, १६ मंसिर । रुसमा कोरोना भाइरस संक्रमणबाट एक परिवारमा नवजात शिशू बाहेक सबैको ज्यान गएको समाचार बाहिरिएको छ । यो घटना रुसको सेन्ट पिटसबर्ग शहरको एक परिवारमा भएको हो । परिवारमा आमा बुबा र स्वेतलाना सोरोचिन्सकाया नाम गरेकी युवती परिवारकी छोरी थिइन् । उनको बिवाह भएको थियो । तर उनी श्रीमानसँग डिभोर्स गरेर माइती घरमा बस्दै आएकी थिइन् ।

बेलायतको समाचार माध्यम डेलीमेलको रिपोर्टअनुसार ती युवतीका बुबाको केही समयअघि मुटुको अप्रेशन गरिएको थियो । त्यसपछि उपचारका लागि अस्पतालमै रहेका बुबाको कोरोना संक्रमणपछि मृत्यु भएको थियो ।

डेलीमेलको रिपोर्टमा उनका बुबाको मृत्यु नोभेम्बर ५ मा कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । त्यसपछि स्वेतलाना सोरोचिन्सकायाकी आमाको नोभेम्बर १२ मा कोरोना भाइरसको कारण नै मृत्यु भएको थियो । उनकी आमा ६२ बर्षकी थिइन् । यसबीचमा अस्पतालमा आमा बुबालाई भेट्न जाने आउने गरेकी स्वेतलाना सोरोचिन्सकायामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

रिपोर्ट अनुसार स्वेतलाना सोरोचिन्सकाया गर्भवती थिइन् । उनको गर्भमा रहेको शिशूको पीता को हुन भन्नेबारे स्वेतलाना सोरोचिन्सकाया स्वयम आफूले पनि एक्लो रुपमा बच्चाको हकदार बन्ने हेतुले खुलाउन चाहेका थिइनन् । तर उनले बच्चालाई जन्म दिनुपर्ने मितिभन्दा ६ हप्ताअघि नै बच्चालाई जन्म दिएकी थिइन् । उनले कोरोना संक्रमण पछि भेण्टिलेटरमा रहेको बेला नै बच्चालाई जन्म दिएकी थिइन् । तर उनको पनि उपचारको क्रममा भेन्टीलेरमै ज्यान गएको थियो ।

उनको बच्चा जन्मीएको केही समयपछि मृत्यु भएको बताइएको छ । अहिले उनको परिवारका नवजात शिशू बाहेक कोही छैनन् । बच्चाको पीता दावी गर्दै एक पुरुष आएको बताइएको छ । तर बच्चा र ती पुरुषको जीन मिल्ने या नमिल्नेबारे परीक्षणको कार्यारम्भ गरिएको बताइएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment