
प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २१, विराट सामुदायीक भवन आईसोलेसनबाट १०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९, मेची अस्पतालबाट ४, मारवाडी सेवा सदन आईसोलेसनबाट २, विराट मेडिकल कलेज, न्युरो अस्पताल र कालिसदन आईसोलेसनबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ४५२ पुगेको छ ।
प्रदेश १ मा विराटनगर ९ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६० महिला र १ सय १५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९९ हजार १ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
About Maipokhari news
माइपोखरी न्यूज डटकम सम्बाददाता
0 comments:
Post a Comment