इलाम, २५ मंसिर । इलामको करफोक विद्यामन्दिरमा कक्षा ९ र १० मा बाली विज्ञान पढ्ने विद्यार्थीहरुको उपस्थिति निकै उत्साहजनक रहेको छ । गाउँका कृषि फर्महरुमा भेटिएका बाली विज्ञानका विद्यार्थीहरु निकै उत्साहित थिए ।
उनीहरुले कृषि फर्ममा काम सिकाउन र आफूहरु पनि सिक्नका लागि फिल्डमा काम गर्न रमाइलो लाग्ने बताएका छन् । फिल्डमा काम गर्दा सिकाई पनि प्रभावकारी हुने विद्यार्थी मनोज अधिकारी बताउँछन् ।
उनले भने, ‘कक्षा ११ र १२ मा भने विद्यार्थी घट्ने गरेका छन् । कोर्षमा भएको जटिललाले पनि यस्तो भएको हो । भन्न चाही बाली विज्ञान भनियो तर, विज्ञानका सबै कोर्ष राखिदिएकोले विद्यार्थीहरु मारमा पर्ने गरेका छन् ।’
यसरी इलामको करफोक विद्यामन्दिरका विद्यार्थीहरु विभिन्न फर्ममा गएर काम सघाउँदा कृषि फर्मका सञ्चालकलाई फाइदा भएको छ, भने विद्यार्थीहरुको सिकाईमा पनि राम्रो उपलब्धि भएको छ ।