एन्फाले इलामको करफोक सहित ११ जिल्लमा फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्न ५० हजार डलर दिंदै


इलाम, २६ मंसिरः अखिल नेपाल फुटबल संघ (एन्फा)ले इलामको करफोक सहित ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । एन्फाको बिहीबार वसेको वैठकले (इलाम, धनुसा, कैलाली, गोरखा, बाँके, मकावानपुर, वर्दिया, नुवाकोट, उदयपुर, झापा, सिन्दुपाल्चोक) मा प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । प्रशिक्षण केन्द्र स्थापनाको लागि एन्फाले स्थानीय सरकारसँग साझेदारी गरेको छ । स्थानीय सरकारको ५० प्रतिसत र एन्फाको ५० प्रतिसत लगानीमा प्रशिक्षण केन्द्र बन्न लागेको हो ।  एन्फाले फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्न ५० हजार डलरभने तत्लाकाल हस्तान्तरणा गर्ने छ ।  करफोकमा यस अघि पनि एन्फाले ग्रास रुड कार्यक्रमको लागि मैदान स्तरोन्तीको लागि १० लाख खर्च गरी सकेको  एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले वताए । 

एन्फाले यसरी ११ स्थानामा फुटबल प्रशिक्षण केन्द्रमा लगानी गरेर केन्द्र स्थापना भए पछि नेपालको फुटबलमा खेलाडी उत्पादमा भने ठूलो टेवा पुग्ने आशा गरीएको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment