काठमाडौंको कलंकीमा भयानक दुर्घटना : एकको मृत्यु, ६ जना घाइते



काठमाडौं, २६ मंसिर । काठमाडौंको कलंकीमा भयानक दुर्घटना भएको छ । नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले कलंकीस्थित कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा अन्य ८ वटा सवारी साधनलाई ठक्कर दिदा भयानक दुर्घटना भएको हो ।

महानगरीय प्रहरी परिसरका अनुसार उक्त दुर्घटनामा परी एकको घटनास्थलमै ज्यान गएको छ, भने अन्य ६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

ट्रकले सडक नजिकैको एउटा घरमा पनि क्षति पु-याएको बताइएको छ । ट्रकको ब्रेक फेल भएपछि अनियन्त्रित भइ ट्याक्सीलाई ठक्कर दिएको थियो, भने पछि पुनः ट्याक्सी, दुई मोटरसाइकल र बसमा पनि ठक्कर दिएको प्रहरीले जनाएको छ ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment