साफ च्याम्पियनसिप सेप्टेम्बरमा बंगलादेशमा हुने

 


काठमाडाैं, १४ पुष । सार्क क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आगामी सेप्टेम्बरमा हुने भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) को सोमबार बसेको भर्चुअल बैठकले साफ च्याम्पियनसिपको मिति टुंगो लगाएको हो ।

अध्यक्ष काजी सलाउद्दिनको अध्यक्षतामा भएको भर्च्युअल बैठकले साफ च्याम्पियनसिप सन् २०२१ सेप्टेम्बर १४-२५ मा बंगलादेशमा आयोजना गर्ने निर्णय गरेको हो । यसअघि च्याम्पियनसिप २०२० सेप्टेम्बरमा सञ्चालन गर्ने तय गरिएको थियो, जसलाई महामारीको कारण गत जुनमा भएको बैठकले स्थगित गरेको थियो ।

बैठकले उमेर समूहका प्रतियोगिताहरूको मिति पनि तय गरेको छ । अर्को वर्ष (सन् २०२१) साफ यू १६ महिला च्याम्पियनसिप अगस्ट १८-२७ र साफ यू १९ महिला च्याम्पियनसिप जुलाई १३-२२ मा गर्ने निर्णय गर्‍यो ।

पुरुषतर्फको साफ यू १५ च्याम्पियनसिप अक्टोबर १-१० तथा साफ यू १८ च्याम्पियनसिप अक्टोबर १५-२४ मा आयोजना गर्ने जनाएको छ । साफ च्याम्पियनसिपबाहेक अरु प्रतियोगिताको आयोजना स्थल भने तोकिएको छैन । उमेर समूहका प्रतियोगिताको आयोजना मितिलाई एएफसी च्याम्पियनसिपको छनोटले प्रभावित पार्नसक्ने पनि बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment