काठमाडौं, १४ पुष । पूर्वप्रधानमन्त्री एवम् नेकपा प्रचण्ड नेपाल समुहका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्ती केपी शर्मा ओलीले संविधानको बलात्कार गरेको बताउनु भएको छ । मंगलबार काठमाडौंमा सरकार विघटनबिरुद्ध आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै नेता खनालले संविधानको विपरित कदम चालेर संविधानको बलात्कार गरेको आरोप लगाउनुभयो ।
उहाँले आफूहरुलाई हरेक पटक सडकमा आउन रहर नभएको तर केपी शर्मा ओलीले प्रतिक्रान्तिकारी कदम चालेकाले यसका बिरुद्ध सडकमा आएर आन्दोलन गर्न बाध्य बनाएको बताउनु भयो ।
नेता खनालले हालसम्मका अनेकौँ क्रान्तिको नेतृत्व नेकपाले गर्दै आएको बताउनु भयो । २०४६ सालको क्रान्ति, २०६२ ÷ ६३ मा शान्तिपूर्ण क्रान्तिलाई सफल बनाउँने पाटी पनि नेकपा भएको बबताउनु भयो । नेपालमा १० बर्ष लगाएर बनाएको संविधानको अगुवाई गर्ने पार्टी पनि नेकपा भएको बताउनु भयो ।
नेता खनालले पछिल्लो निर्वाचनमा दुई तिहाई ल्याउने पार्टी पनि नेकपा नै भएकाले बालुवाटारमा बस्ने गुट एउटा तानाशाही गुट मात्रै भएको दावी गर्नुभयो । केपी ओली समुहको नेकपा जनबिरोधी र पार्टी बिरोधी भएको आरोप लगाउनु भयो । केपी ओली समूहले जनताले दिएको अभिमतमाथि घात गरेको नेता खनालको भनाई थियो ।
३ बर्ष अघिको बिजय नेकपाको बिजयी भएको तर ओलीले आफ्नो बिजय सम्झेको आरोप लगाउनु भयो । जुन भोट केपी ओलीले नभइ नेकपाले अघि बढाएको एजेन्डा, तपस्या र उदेश्यको कारण आएको नेता खनालले भनाइ थियो ।
जनताको त्यो उल्लासपूर्ण भोटलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दुरुपयोग गरेर संविधान र लोकतन्त्रमाथि हमला गरेको नेता खनालले आरोप लगाउनुभयो । तर अहिलेको जनताले त्यो नसहने सहन नसक्ने भएकाले आजबाट संघर्ष थालेको र संघर्षको ध्वनी बज्न थालेको बताउनुभयो ।
उहाँले आफूहरुलाई हरेक पटक सडकमा आउन रहर नभएको तर केपी शर्मा ओलीले प्रतिक्रान्तिकारी कदम चालेकाले यसका बिरुद्ध सडकमा आएर आन्दोलन गर्न बाध्य बनाएको बताउनु भयो ।

नेता खनालले पछिल्लो निर्वाचनमा दुई तिहाई ल्याउने पार्टी पनि नेकपा नै भएकाले बालुवाटारमा बस्ने गुट एउटा तानाशाही गुट मात्रै भएको दावी गर्नुभयो । केपी ओली समुहको नेकपा जनबिरोधी र पार्टी बिरोधी भएको आरोप लगाउनु भयो । केपी ओली समूहले जनताले दिएको अभिमतमाथि घात गरेको नेता खनालको भनाई थियो ।
३ बर्ष अघिको बिजय नेकपाको बिजयी भएको तर ओलीले आफ्नो बिजय सम्झेको आरोप लगाउनु भयो । जुन भोट केपी ओलीले नभइ नेकपाले अघि बढाएको एजेन्डा, तपस्या र उदेश्यको कारण आएको नेता खनालले भनाइ थियो ।
जनताको त्यो उल्लासपूर्ण भोटलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दुरुपयोग गरेर संविधान र लोकतन्त्रमाथि हमला गरेको नेता खनालले आरोप लगाउनुभयो । तर अहिलेको जनताले त्यो नसहने सहन नसक्ने भएकाले आजबाट संघर्ष थालेको र संघर्षको ध्वनी बज्न थालेको बताउनुभयो ।
0 comments:
Post a Comment