केपी ओली कम्युनिष्ट विचार, विधान र विधिबाट स्खलित भइसके : पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं, १४ पुष । नेपाल कम्युनिष्ष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट बिचार, विधान र विधिबाट स्खलित भइसकेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले संसद विघटनबिरुद्ध काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट सिद्धान्त मोह भंग भइसकेको जिकीर गर्नुभयो । उहाँले भन्नुभयो – ‘केपी ओली कम्युनिष्ट विचारबाट स्खलित भइसकेको माक्र्सवाद, लेलिनवाद र समाजवाद र कम्युनिष्ट पार्टीको विधि पद्धति प्रति मोह भंग भइसकेको प्रवृति देखिसक्यौँ ।’

त्यस्तै ओलीले भन्ने गरेकोे लोकतन्त्र पनि धेरै निरङ्कुस भएको ओली आँफैले संसद विघटनको सिफारिस गरेर प्रमाणित गरेको दावी गर्नुभयो । यो कदमले पनि उहाँ लोकतन्त्रबादी नभइ एक निरङ्कुस तानाशाहा भएको प्रमाणित गरेको समेत बताउनु भयो ।

प्रधानमन्त्री ओलीले देशलाई भड्खालोमा हाल्न चाहेको पनि आरोप लगाउनु भयो । विगतमा प्रधनमन्त्रीलाई बिषेश अधिकार दिएकाले त्यो अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले असहज महसुुस गरेमा प्रतिनिधिसभा विघटन गर्न सक्ने प्रवधान भएको त्यही प्रावधान अनुसार पटक पटक संसद भंग भएको तर अहिलेको संविधानमा त्यस्तो नभएको उल्लेख गर्नुभयो ।

विगतका समयमा पनि संसद विघटन हुँदा विभिन्न आलोचना भएकामा विगतको अनुभवको समीक्षा गरेर राजनीतिक अस्थिरता र चक्रव्युँमा देश फस्ने भयो भनेर सविधानबाट अस्थिरताको प्वाँल राख्न नहुने ठहर गरी संविधान अनुसार संसदबाटै विकल्प खोजिनु पर्ने प्रावधान राखिएको उल्लेख गर्नुभयो ।

त्यसका लागि संविधानमा ४ बिकल्प राखिएको बताउनु भयो । तर प्रधानमन्त्ती ओलीले संविधान भित्रबाटै प्रधानमन्त्री खोज्ने प्रकृयालाई मिचेको आरोप लगाउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी कदम चालेर कलङ्कको टीका लगाइ सकेको अध्यक्ष प्रचण्डले आरोप लगाउनु भयो । आफ्नो गल्ती नस्वीकारे सम्म त्यो टीका कहिल्यौ नहट्ने प्रचण्डको दावी छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment