आंशिक नियन्त्रणमा आएको पाथीभरा क्षेत्रको आगो फेरि दन्कियो

आईतबार स्थानीय बासिन्दासहित नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी को टोलीले आंसिक रुपमा नियन्त्रणमा लिएको र मन्दिर आसपासको क्षेत्र खतरामुक्त देखिएको थियो । तर सोमबार (आज) विहानदेखि फेरि आगो सल्किएको हो ।

अहिले आगो मन्दिरको क्षेत्रमा पुगिसकेको बताईएको छ । तर मन्दिर भने खतरामुक्त रहेको स्थानिय मिङ्मा शेर्पाले टेलिफोन मार्फत जानकारी दिनुभयो । फुङलिङ नगरपालिका ११ फावाखोला स्थित पाथीभरा सिम्बू सामुदायिक बन बाट सल्किएको आगो निभाउन चारदिन देखि स्थानीय बासिन्दा सहित नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी को टोली खटिएका छन् ।

यता मानविय प्रयासले आगो नियन्त्रणका लागि सम्भव नभएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले बताउनुभयो । प्रजिअ चापागाईका अनुसार पाथिभरा मन्दिरलाई जोगाउनको लागि जिल्ला सदरमुकामबाट थप सुरक्षा निकायका जनशक्ति परिचालन गरिएको छ । आगलागि क्षेत्र मूख्य गरि बन्यजन्तु रेडपाण्डाको बास स्थानका रुपमा लिने गरिएको छ ।

आगलागीले बहुमूल्य जटिबुटि तथा बनस्पती साथै विभिन्न प्रजातिका बोटविरुवा नष्ट भएकाछन् । तर के कति क्षति भयो भन्ने एकिन गरिएको छैन । आगलागिको कारण समेत खुलेको छैन । यस्तै बन्यजन्तु साथै उनिहरुको बासस्थानमा समेत असर पुगेको छ । यता आगलागिका कारण खानेपानीको पाईप जल्दा माथिल्लो फेदिका स्थानीयबासी भने समस्यामा परेकाछन् । खानेपानीका लागि ल्याईएको पाईप झण्डै ४ सय मिटर जलेर नष्ट भएको बताईएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment