एसईईको आवेदन फारम खुल्याे



काठमाडाैं, १५ पुष । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ ।

यस वर्षको एसईई परीक्षामा समावेश हुनका लागि पुष १६ गते बिहीवारदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ ।

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो ।

यस्तै बोर्डले कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ । आगामी वर्ष एसईई दिनका लागि रजिस्ट्रेसन फारम भर्नुपर्ने बोर्डले जनाएको छ । रजिष्ट्रेशनका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ ।

एसईई कहिलेदेखि हुने भन्नेमा बोर्ड अन्यौलमा छ । गत वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment