इलाम नगरपालिकामा एकै दिन १५ जनामा कोरोना संक्रमण, इलाम बजार कोरोनाको हटस्पट हुने खतरा


इलाम, १७ मंसिरः इलाम नगरपालिकामा आज (बुधबार) एकै दिन १५ जनामा कोरोना संक्रमण भएको छ । जस मध्ये एक जनाको भने संक्रमितको नै रिपोजेटीभ आएको छ । इलाम नगरपालिकाको बजार क्षेत्रमा कोरोना संक्रमणको दर तिव्र गतिमा वढी रहेकोले कोरोनाको हटस्पट हुने खतरा बढेको स्थानीय वसी वताउँछन् । दुई दिन अघिमात्र इलाम बजार क्षेत्रमा १८ जनामा कोरोना भाईरसको संक्रमण देखिएको थियो । 

यता इलाम नगरपालिकाले भने विद्यालयहरुलाई प्रत्यक्ष रुपमानै विद्यालय लगाउन भने पछि बजार क्षेत्रमा विद्यालयहरुमा पनि पठन पाठन सुचारु भई रहेको अवस्थामा अभिभावकहरुमा पनि चिन्ता थपेको छ ।

इलाममा हाल सम्म कोरोना संक्रमणको कारण ११ जनाको मृत्यु भई सकेको  छ । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment