देशमा लोकतन्त्र र शान्ती स्थापना भइसकेकाले अब देशले समृद्ध सामाजिक न्याय पाउने अध्यक्ष प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘धेरै ठूलो मूल्य चुकाएर देशमा संघिय लोकतान्त्रीक गणतन्त्र र शान्ती प्राप्त भएको हो, अब लिडरसीप ठिक पाउने बितिक्कै देशमा समृद्धि, सामाजिक न्यायसहितको नेपाल बन्छ । तर अराजकताको साक्षी भने बस्दै नौं।’

अध्यक्ष प्रचण्डले माधव नेपाल र आफूले नेतृत्व गरेको पार्टीले नै नेपालको समृद्ध सामाजिक न्याय सहितको मुलुक निर्माण गर्ने दावी गर्नुभयो । मुलुकमा फेरि द्वन्द्ध, अराजकता र हिंसा ल्याउन कसैको चाहना भनेर आफूले कल्पना समेत नगरेको बताउदै शान्तीपूर्ण रुपले प्रधानमन्त्री ओलीका बिरुद्ध आन्दोलन गर्ने उहाँको भनाइ छ ।
ओलीले शान्ती सम्झौतालाई नकारेको समेत अध्यक्ष प्रचण्डले आरोप लगाउनु भयो । अध्यक्ष प्रचण्डले देशलाई बर्वाद पार्ने बाटोमा कुनैपनि कारणले नलाग्न नलाग्न सबैमा आग्रह गर्नुभयो ।