मौसम : पहाडी भूभागमा आंशिक बदली, अन्य ठाउँको मौसम सफा


काठमाडौँ, ९ माघ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने सम्भावना देखिन्छ ।

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सफा रहनेछ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment