नेपालमा संकट गहिरिदा भारतको दादागिरी बढ्यो, महाकालीमा एकपक्षीयरुपमा बाँध निर्माण

ठमाडौं, २२ पुष । दार्चुलास्थित महाकाली नदीमा भारतले नेपाललाई जानकारी नै नदिएर एकपक्षीय रुपमा बाँध निर्माण गर्न थालेको छ ।

दार्चुलाको महाकाली नगरपालिका ५, गल्फैरभौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर भारतले एकपक्षीय रुपमा बाँध निर्माण थालेको हो । सो क्षेत्रमा नेपाली भूमिसमेत पर्ने दार्चुलावासीले दाबी गर्दै आएका छन् ।

२०७० असारमा आएको बाढीले महाकाली नदीको धार परिवर्तन गरेर नेपालतर्फको भूभाग नदीपारि परेको नेपाली भूभागमा भारतीय पक्षले तटबन्ध निर्माण अघि बढाएको जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाएको छ ।

भारतले एकतर्फी बाँध निर्माण सुरु गरेपछि केन्द्र सरकारलाई जानकारी गराएको प्रशासनको भनाइ छ । यसबाहेक पुस २ गते धारचुलास्थित भारतीय प्रशासनलाई बाँध निर्माण रोक्न पत्राचार गरेपनि भारतीय पक्षबाट त्यसको जवाफ नआएको प्रशासनको भनाइ छ ।

सीमा क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्दा दुई देशको आपसी सहमति जरुरी हुन्छ । तर, पत्र पठाएपछि भारतीय पक्षले काम रोक्नुको साटो झन तीव्र पारेको प्रशासनको भनाइ छ ।

एकतर्फी तटबन्ध निर्माण कार्य जारी रहेपछि गृह मन्त्रालयको सिफारिसमा परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावास हुँदै भारतलाई कूटनीतिक पत्रसमेत पठाएको बताइएको छ ।

२०७० सालमा बाढी आउँदा महाकाली नदीले धार परिर्वतन गरेको थियो । धार परिवर्तन हुँदा जमिन कटान भएर नेपालतर्फको जमीन महाकालीमा विलिन भएको थियो । यसैबीच सरकारले अनुगमनका लागि एक समिति गठन गर्ने तयारी थालेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment