एकता दिवस मनाउन सिंहदरबार पुगेकाहरु र प्रहरीबीच झडप, एक महिला घाइते


काठमाडौँ, २७ पुष ।  काठमाडौंमा २९८औं पृथ्वी जयन्तीका साथै राष्ट्र एकता दिवस विभिन्न कार्यक्रम मनाउने क्रमममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपको क्रममा एक महिला घाइते भएकी छिन् ।

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा राजधानीमा निकालिएको र्‍याली निषेधित क्षेत्रतर्फ अगाडि बढ्दा प्रहरी र र्‍याली निकालिरहेको समूहबीच झडप भएको हो । र्‍यालीमा उपस्थित सबै मानिस सिंहदरबारको पश्चिमी गेटमा रहेको पृथ्वी नारायण शाहको सालिकमा जान खोज्दा प्रहरीले भीडलाई रोक्न खोजेको थियो । सोही क्रममा भएको झडपमा परि एक महिला घाइते भएको र बलजफत गर्न खोज्ने अन्य केही मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भद्रकालीमा भेला भएर शान्तिपूर्ण रुपमा पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गर्न अघि बढेका नागरिक समूहहरुलाई प्रहरीले रोक लगाएको थियो । सो क्रममा दुई पक्षबीच झडप भएको थियो ।उक्त र्‍यालीमा बलिउड नायिका मनिषा कोइरालाको समेत उपस्थिती रहेकी थिइन् ।

सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन् ।

न्यूज24 नेपालबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment