प्रदेश १ मा कोरोना संक्रमित ३० हजार पुग्यो

विराटनगर, २७ पुस । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३० हजार ११ पुगेको हो ।सोमबार मोरङमा र झापामा ४–४, सुनसरीमा ३, इलाममा २, धनकुटा र तेर्हथुममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २, बेलबारी र रतुवामाईमा १–१, झापाको दमक, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २ र धरानमा १, इलामको इलाम नगरपालिकामा २, धनकुटाको धनकुटा नगरपालिका र तेर्हथुमको फेदाप १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेका संख्या २९ हजार ३ सय २७ पुगेको छ ।

प्रदेश १ मा सोमबार २ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १२ हजार २ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment