केपी ओलीका पछि संघीयता बिरोधी र पूर्वपञ्चहरु मात्रै छन् : योगेश भट्टराई



इलाम । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका पछि आम नागरिक नभएको बताएका छन् । इलाममा नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको पेशाकर्मी र कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्रीको कदमका पछि पूर्वपञ्चहरु र संघीय गणतन्त्रका बिरोधीहरु मात्रै भएको बताएका हुन् ।

पूर्व पर्यटन मन्त्री समेत रहेका नेता भट्टराईले प्रधानमन्त्रीले गरेको संसद विघटनको कदमलाई राजा ज्ञानेन्द्रले २०५९ माघ १९ मा गरिएको ‘कु’ को संज्ञा दिए । ‘हिजो राजाले सत्ता हत्याउँदै गर्दा शुरुका दिनमा त्यसको बिरोधमा उत्रने राजनीतिक दलका कार्यकर्ताको खडेरी थियो, भट्टराईले भने–‘यस्तो काहालीलाग्दो अवस्था भोगेर आएपनि अहिले संघीय गणतन्त्र र संविधान धाराप पार्ने गरि गरिएको संसद विघटनको कदमको बिपक्षमा आज लाखौँ जनता सडकमा रहेका छन् ।’ संसद विघटनको पक्षमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी र पूर्व पञ्चहरुको झुण्डहरु मात्रै लागेका छन् भट्टराईले भने–‘ जनता संसद विघटनको विपक्षमा रहेका छन् र हामीसँगै रहेका छन् ।’



संविधानले संसदबाट प्रधानमन्त्री दिने अवस्था रहेसम्म विघटनको कल्पना  नगरेकाले प्रतिगामी कदमका विरुद्ध शसक्त आन्दोलन उत्रन भट्टराईले कार्यकर्तालाई निर्देशन दिए । ‘पहिलाका संविधानमा प्रधानमन्त्रीलाई दिएको बिशेष अधिकारले सरकार र देशको राजनीतिमा स्थिरता नभएकाले २०७२ को संविधानमा किटान दिएरै प्रधानमन्त्रीलाई दुई वर्षसम्म अविश्वाशको प्रस्ताव लैजान नपाइने उल्लेख छ ।’ भट्टराईलेले भने  ‘एक पटक ल्याएपछि एक वर्षसम्म पुनः अविश्वासको प्रस्ताव लान नपाइने र चार पटकसम्म पनि संसदले प्रधानमन्त्री दिन नसकेको अवस्थामा मात्रै संसद विघटन हुने व्यवस्था छ ।

उनले पार्टीको बहुमत पक्ष प्रचण्ड माधव नेपाल पक्षमै रहेकाले आधिकारिकता पनि आफ्नो समुहले पाउने बताए । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष भक्त केसी, इञ्चार्ज धिरेन्द्र शर्मा, नेकपा प्रदेश कमिटी सदस्य मणि लिम्बु, टिका घिमिरे, ध्रुब श्रेष्ठ, जिल्ला पार्टी कार्यालय सदस्य उदय राई, रणबहादूर राई, बिजय खम्बु, शान्ता बस्नेत, पार्टी सचिव सोममाई राई सिन्धु लगायत जिल्लाका अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment