समाजसेवी तथा कांग्रेसका युवा नेता खडकाद्वारा सरस्वतीको मुर्ति हस्तान्तरण


इलाम, १५ माघः नेपाली कांग्रेसका युवा नेता तथा इलामका समाजसेवी डम्बर खडकाले इलामको ऐतिहासीक  विद्यालय करर्फोक माध्यमिक विद्यालयमा स्थापित सरस्वती मन्दिरलाई एक थान धातुजडित सरस्वतीको मुर्ति हस्तान्तरण गरेका छन । उनले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुर्व जिल्ला शिक्षा अधिकारी अर्जुन निरौला मार्फत  उक्त मुर्ति विद्यालय परिशरमा पुगेर  हस्तान्तरण गरेका हुन । 

विद्यालयका पुर्व शिक्षक डम्बर कटुवालको समन्वयमा अनौपचारीक कार्यक्रमका माझ भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य  तथा पुर्व शिक्षक नेत्र पोख्रेल बिनोद अधिकारी गणेश प्रसाद आचार्य लयायतको उपस्थीति रहेको थियो  सो अवशरमा शिक्षक गणेश सुवेदीले समेत बहिनीको नाममा गणेशको मुर्ति हस्तान्तरणगरेका  थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment