भारतमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै


एजेन्सी, ३ माघ । भारतमा आजदेखि कोरोनाविरुद्धको खोप सुरू हुँदै छ । स्थानीय समयअनुसार  शनिाबर बिहान साढे १० बजे प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गर्नेछन् भने त्यसपछि सर्वसाधारणलाई खाेप लगाउने अभियान देशभर चलाइनेछ ।

खाेप अभियानकाे उद्घाटनलगत्तै प्रधानमन्त्री मोदीले भारतीय स्वास्थ्यकर्मीहरूसँग भर्चुअल रुपमा कुराकानी गर्ने कार्यक्रम छ । माेदीसँगकाे  कुराकानीमा देशभरका तीन हजारभन्दा बढी खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी हुन सक्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

समाचार एजेन्सीहरूका अनुसार अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा १०० का दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ । भारतले पहिलो प्राथमिकतामा ३० करोड मानिसलाई जुलाईसम्ममा खोप दिइसक्ने बताएको छ । खोपका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ ।

भारतले कोभिसिल्ड र कोभ्याक्सिन नामक खाेप प्रयोगमा ल्याउन लागेकाे हाे । काेभिसिल्ड खाेप अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको हाे भने काेभ्याक्सिन चाहिँ भारत बायोटेकले विकास गरेको हाे । खाेप अभियानका लागि भारत सरकारले १ करोड १० लाख डोज ‘कोभिसिल्ड’ र ५५ लाख डोज ‘कोभ्याक्सिन’ खरिद गरेको जनाइएकाे छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment