अतिआवश्यक क्षेत्रका लागि नेपाललाई कोरोना खोप उपलब्ध गराउन भारत तयार : मन्त्री ज्ञवाली


काठमाडौं, ३ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो भारत भ्रमण दुई देशबीचको सम्बन्धलाई मजवुद बनाउन केन्द्रित रहेको बताउनुभएको छ ।

तीनदिने भारत भ्रमण सम्पन्न गरेर शनिबार अपरान्ह नेपाल आउपुग्नुभएका मन्त्री ज्ञवालीले त्रिभूवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपाल भारत सम्बन्धका आर्थिक, राजनीतिक सांस्कृतिक लगायतका पक्षमा छलफल भएको बताउनुभयो ।

उहाँले दुई देशबीचको सम्बन्धलाई मजवुद बनाउन तथा बिकास यात्रालाई सफल बनाउने बिषयमा भ्रमण केन्द्रित रहेको प्रष्ट पार्नुभयो । मन्त्री ज्ञवालीले कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमशः खोल्दै जाने सहमति भएको बताउनुभयो ।

भैरहवामा एकीकृत चेकपोस्टको काम सुरु गर्ने र महाकालीमा निर्माणाधीन चार लेनको पुललाई भारतको राष्ट्रिय राजमार्गसँग जोड्ने, महाकाली नदीमा थप महाकालीमा तीनवटा पुल बनाउने सहमति भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै उहाँले अतिआवश्यक क्षेत्रका लागि भारत तत्काल कोभिड खोप उपलब्ध गराउन तयार रहेको जानकारी पनि दिनुभयो । संयुक्त आयोगको बैठकमा ट्रान्मीसन लाईन, कृषि क्षेत्रमा थप सहकार्य गर्ने, पञ्चेश्वर परियोजनाको डीपीआर गर्ने लगाएतका बिषयमा सहमति भएको उहाले बताउनुभयो ।


मन्त्री ज्ञवालीले रक्सोल–काठमाडौँ रेलमार्ग निर्माणसम्बन्धी फिल्ड लोकेसन सर्भे अगाडि बढाउने पनि सहमति भएको जानकारी पनि दिनुभयो । नेपाल भारत संयुक्त आयोगको छैटौ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली बिहीबार भारत जानुभएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment