नेकपाका अर्को पक्षको अध्यक्षलाई म चिन्दिन : सुवास नेम्वाङ


काठमाडौं, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहको प्रदेश एक कार्यकर्ता भेला काठमाडौंमा जारी छ ।

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीलेसम्बोधन गर्ने कार्यक्रम रहेको छ । तीनकुनेस्थित एक व्यांकेटमा प्रदेश एक सम्पर्क कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रदेश १ का इन्चार्ज सुवास नेम्वाङले आफुहरुले कुनै पनि नेतालाई कारबाही नगरेको प्रष्ट पार्नुभयो ।

आफूहरु पार्टी एकताको पक्षमा रहेको उहाँको भनाइ थियो । अर्को पक्षले कारबाहीको सिलसिला अगाडि बढाएको तर आफुहरुले कसैलाई कारबाही नगरेकाले आफुहरु एकको पक्षमा उभिएको प्रस्ट हुने उहाँको भनाई थियो ।

नेता नेम्वाङले आफूले अर्को पक्षको नयाँ अध्यक्षलाई नचिन्ने समेत बताउनुभयो । उहाँले आफूले अर्को पक्षमा जाने साथीहरूको अनुहार र नाम बिर्सिसकेको बताउनुभयो ।

त्यस्तै भेलामा बोल्दै शहरी विकासमन्त्री समेत रहनुभएका नेता प्रभु साहले ललिता निवास बालुवाटारको जग्गा व्यक्तिलाई दिलाउन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको हात रहेको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्रीय शासन प्रणालीमा मन्त्रिपरिषद्बाट भएका निर्णयको मुख्य दोषी प्रधानमन्त्री नै भएकाले अरुलाई दोषी बनाएर अख्तियारले तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको बताउनुभयो ।

तराई मधेशमा केपी ओलीको पक्षमा ठूलो लहर आएको बताउदै साहले तराई–मधेश क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरुचाइएको भनिए पनि त्यो गलत भएको दावी गर्नुभयो ।

तराईका ३२ निर्वाचन क्षेत्र मध्ये २० क्षेत्रमा आफूहरुले जित्ने समेत उहाँको दाबी थियो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment