केपी ओलीसँग निहुँ खोजेकै कारण ‘प्रचण्ड’ सडकमा पुगे : महेश बस्नेत


बुटवल, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतले केपी ओलीसँग निहुँ खोजेकै कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ सडकमा पुगेको दाबी गरेका छन् ।

युवा संघ नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्डले माधव नेपाल र झलनाथ खनालको बैशाखी टेकेर धेरै पर नपुग्ने दाबी समेत गरे ।

भेलालाई सम्बोधन गर्दै उनले प्रचण्डलाई आगामी दिनमा जनताले सडककै बास बनाईदिने टिप्पणी समेत गरे । उनले भने, ‘प्रचण्ड युद्धबाट थाकेर शान्ति प्रक्रिया हुँदै संसदको सत्ता चाखे । अब उनी जनताले सडकमा पु¥याएपछि विस्तारै पहेलो कपडा लगाएर, त्रिवेणी आएर बस्नेछन् ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment