ट्रकको ठक्करले इलाम माईजोगमाईकी सन्जुको मृत्यु, दुई जना घाईते



इलाम 14 माघ: मेची राजमार्गको  इलाम  नगरपालिका ९ गोलार्खकमा ट्रकको ठक्करबाट आज अपरान्न १ महिलाको मृत्यु भएको छ ।

इलामबाट झापा तर्फ जादै गरेको को १८ प ६९७ नम्बरको मोटर साईकललाई सोही दिशातर्फ जादै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा माईजोगमाई गाँउपालिका ३ मानचोकी २८ बर्षीय सन्जु आचार्यको घट्ना स्थलमानै मृत्यु भएको हो ।

मृत लाशको कानुनी पकृया पुरा गरी पोसमार्टमको लागी इलाम अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । दुर्घटनामा मृतक अन्जु आचार्यको २ बर्षीय बच्चा सरोज आचार्य र मोटर साईकल चालक सूर्योदय नगरपालिका १० का उमेस शाह धाईते भएका छन ।

गम्भीर अवस्थाका दुबै घाईतेलाई बिर्तामोड पठाईएको छ । ट्रक चालक पाँचथर हिलिहाङ ७ का भवानी प्रसाद तिमल्सिना जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिनु भएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment