पहाडी भू-भागमा बदली, तराईमा बाक्लो हुस्सु र कुहिरो, उडान प्रभावित

काठमाडाैँ, २ माघ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभावका कारण मुलुकभर माैसममा बदलाव देखिएकाे  छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । यसका कारण चिसाे बढेर जनजीवन प्रभावित भएकाे छ ।

शुक्रबार दिउँसो प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएकाे छ । यसैगरी सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

राती पनि प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरुमा आंशिक बदली रहने तथा गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

यसैबीच माैसस बदली भएर धेरै स्थानमा हुस्सु लागेका कारण  भिजिबिलिटी कम हुन गएर आन्तरिक उडानहरू ठप्पप्रायः भएका छन् । विशेषगरी तराइका नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, भैरहवालगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएकाे त्रिभुवन विमानस्थल कार्यालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment