फोटोग्राफी सम्बन्धी सामान चोरी गर्ने दुई जना मोरङ प्रहरीको नियन्त्रणमा

विराटनगर, २ माघ । आफ्नै पाहुनाको फोटोग्राफी सम्बन्धी सामान चोरी गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

फोटोग्राफीका लागि पोखराबाट विमल कार्कीलाई मोरङको बुढीगंगामा ‘फेशन शो’ छ भनेर बोलाएर झापा अर्जुन धाराका अनुपम ढकालले सामान चारी गरेका थिए ।


उक्त घटनामा साथीलाई जालझेल गरेको भनेर मोरङ प्रहरीले ढकाल र उनका सहयोगी साराशं भट्टराईलाई पक्राउ गरेको हो ।

कार्कीले पोखरामा योर डिजिटल फोटो गुड्स सेन्टर सञ्चालन गर्दै आएका थिए । उनलाई ढकालले गत पुष २४ गते इ–सेवाबाट ४ हजार रुपैँया पठाएर क्यामेरासहित आउन भनेपछि कार्की २५ गते बुढीगंगा आएका थिए ।

ढकालले कार्कीलाई बुढीगंगा १ मा रहेको आर.एन.होटल एण्ड लजको ११४ नम्बर कोठा बुक गरिदिएका थिए । त्यही कोठामा सामान राखेर खाना खाने बाहानामा कार्कीलाई इटहरी लिएर गएको र कोठाबाट सामान चोरेर सम्पर्क विहीन भएका ढकाल र उनको सहयोगीलाई प्रहरीले सामानसहित पक्राउ गरेको हो ।

प्रहरीले दुवै जनाको साथबाट चोरीका फोटोग्राफी सम्बन्धी क्यामेरा, मेमोरी कार्ड, ड्रोन लगायत १४ प्रकारका सामान बरामद गरेको छ । दुवै जनालाई चोरी कसुरमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment