मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश


विराटनगर, ९ फागुन । प्रदेश नम्बर १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।

आइतबार ढिला बसेको प्रदेश संसद बैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश गरेका हुन्।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुअघि कार्यसूची नै सार्वजनिक गरिएको थियो । कार्यसूचीको अन्तिम बुँदामा नेपालको संविधानको धारा १८८ ९४० तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो।

आइतबार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश नगर्न दबाब दिएका थिए । तर, प्रचण्ड–माधव समूहले विश्वासको प्रस्ताव दर्ता गरेको छ ।

सांसद् आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment