प्रचण्ड-नेपालको संगठनात्मक संरचना बराबरी, प्रेस संगठन नेपाल पुनर्गठन


काठमाडौं, ९ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहले सङ्गठनात्मक संरचना निर्माणमा बराबरी अर्थात् ५०/५० प्रतिशतमा सहमति जनाएका छन् । फागुन ७ गते केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार ९ बुँदे सहमति पत्रअनुसार पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका तहमा ५०/५० प्रतिशत हुनेगरी मिलाउने भनिएको छ।

प्रचण्ड–नेपाल पक्षको सहमति पत्रमा प्रदेश र जिल्लाका इन्चार्ज, सह इन्चार्ज एवं पार्टी कमिटीहरु तथा जन संगठनका पदाधिकारीहरूमा रिक्त स्थानमा बराबरी हुनेगरी मिलाउने सहमति बनेको छ।

बुँदा नम्बर ८ मा पार्टी पंक्ति उत्साहित हुने, जिम्मेवारी औचित्यपूर्ण देखिने र विद्यमान चुनौतीको सामना गर्नसक्ने स्थिति निर्माण हुनसक्ने गरी नेतृत्व चयन गर्ने कुरामा विशेष ध्यान दिने उल्लेख छ ।

प्रेस संगठन नेपाल पुनर्गठन
प्रचण्ड–नेपाल समूले पेशागत निकायतर्फको प्रेस संगठन नेपाल पुनर्गठन गरेको छ। पार्टीको स्थायी समिति सदस्य योगेश भट्टराई इन्चार्ज रहेको संगठनमा पार्टीनिकट पत्रकारहरु आवद्ध रहेका छन् ।

संगठनको सहइन्चार्जमा महेश्वर दाहाल, ओमनाथ ढुङ्गाना, विष्णु रिजाललाई चयन गरिएको छ भने संगठनको संयोजकमा महेश्वर दाहाल, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा चयन गरिएको छ ।

महासचिवमा भने राजेश राईलाई चयन गरिएको छ।

त्यस्तै, प्रेस संगठनले सातवटा प्रदेशसहित उपत्यका प्रदेश, एसोसियट प्रदेश, प्रतिष्ठान प्रदेश समेत पुनर्गठन गरेको छ। जसअन्तर्गत प्रदेश १ को इन्चार्जमा राजन केडी, संयोजक देबेन्द्र कार्की, प्रदेश २ को इन्चार्जमा प्रकाश खतिवडा र संयोजकमा किरण कर्णलाई चयन गरिएको छ।

बागमती प्रदेशको इन्चार्जमा रामकुमार एलन र संयोजकमा सुनिल खड्का चयन गरिएको छ । गण्डकी प्रदेशको इन्चार्जमा हरिनारायण गौतम र संयोजकमा अर्जुन काफ्ले चयन भएका छन्।

यसैगरी लुम्बिनी प्रदेशको इन्चार्जमा विकास वञ्जाडे र संयोजक मानसिंह विक चुनिएको संगठनले जनाएको छ। कर्णाली प्रदेशको इन्चार्जमा जीवन बिसी र संयोजक गणेशकञ्चन भारती चयन भएका छन्।

सुदुरपश्चिम प्रदेश इन्चार्जमा रामसिंह ठगुन्ना र संयोजकमा नवाज भण्डारी चयन भएका छन्। उपत्यका प्रदेश इन्चार्जमा सुरोजंग पाण्डे र संयोजकमा नवराज दाहाललाई चुनिएको छ।

एसोसियट प्रदेशको इन्चार्जमा ध्रुव लम्साल र संयोजकमा डब्बु क्षेत्री छानिएका छन्। प्रतिष्ठान प्रदेशको इज्चार्ज विदुर खड्काले पाउँदा वीरेन्द्र ओली संयोजकमा चयन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment