प्रदेश १ को प्रदेशसभा बैठक आगामी फागुन ९ गतेसम्मका लागि स्थगित

विराटनगर, २५ माघ । प्रदेश १ को प्रदेशसभा बैठक पुनः आगामी फागुन ९ गतेसम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको थियो, तर सत्ता पक्षका सांसदहरुले सो प्रस्ताव पेश हुन नसक्ने भन्दै उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बस्न आग्रह गर्दासमेत नबसेपछि आजको संसद स्थगित गर्दै संसदको अर्को बैठक फागुन ९ गतेलाई आव्हान गरेका हुन् ।

साढे ३ घण्टा लामो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरे अनुसार सदन सुरु भएको थियो । सदनमा राष्ट्रिय गान सकेपछि सत्ता पक्षका सांसदहरुले उठेर विरोध गरेका थिए ।

मुख्यमन्त्री शेरधन राईले दलको नेताको हैसियतले निलम्बन गर्नु भएका सांसदहरुलाई प्रदेश सभामा प्रवेश दिएको हुनाले सदन चल्न नसक्ने भन्दै सांसदहरुले विरोध गरेका थिए ।

नेकपाको संसदीय दलको नेता मुख्यम्नत्री शेरधन राईले दलको कानून विपरीत काम गर्ने दाहाल–नेपाल समूहका १६ जना सांसदहरुलाई कुनै पनि संसदीय गतिविधिहरुमा भाग लिन नपाउने गरि तीन महिनाको लागि निलम्बन गरेका थिए ।

सोही अवस्थामा उनीहरुलाई सभामा राखेर बैठक अगाडि नबढाउन प्रस्ताव गर्दै विरोध गरेको दलका प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीजे जानकारी दिए । उनले अहिलेसम्म पनि दलको नेता मुख्यमन्त्री राईनै रहेको र प्रमुख सचेतक प्रदिपकुमार राजभण्डारीनै रहेको हुनाले निलम्बित सांसदहरुले संसद बैठकमा भाग लिन नपाउने जिकिर गरे ।

दाहाल–नेपाल समूहका सांसद इन्द्रबहादुर आङ्वोले सत्तापक्षले सहमतिको लागि कुनै परामर्श नगरेको र आपपूहरुसंग छलफल नै नगरी सभामुखले मुख्यमन्त्रीको आयु लम्याउने कदम चलाएको भन्दै आपत्ति जनाए ।

उनले सबै जवाफ संसद सचिवालय र सभामुखले दिनुपर्ने बताए । उनले अविश्वासको प्रस्तावमाथि छलफल हुनुपर्ने र सदन सूचारु हुनुपर्ने माग राखे । साँसद आङ्बोले अठार दिनसम्म संसद स्थगित हुदा समेत कुनै निकास निस्कने बार्ता र सम्बाद नभएका कारणले अवको दिनमा पनि यसको निकास ननिस्कने भएकाले सभामुखसँग बार्ता गरेर संसद बोलाउन पहल गर्ने बताए ।

संसद बैठक स्थगित भएपछि प्रतिक्रिया दिदै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले साभामुख भण्डारी र सरकारबीचको सेटिङका कारण सदन बन्धक बनेको आरोप लगाए । उहाले इतिहासमा कही नभएको अभ्यास प्रदेश १ मा भएको र नेपाली कांग्रेसको कारणले नै आजको बैठक बसेको पनि जिकिर गरे । न्युज24 नेपालबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment