९ किलो २० ग्राम लागूऔषध चरेशसहित १ जना पर्सा प्रहरीको नियन्त्रणमा


वीरगन्ज (पर्सा), २५ माघ । पर्सा प्रहरीले लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाको–७ निवासी ६० वर्षीय मुसलिम देवान रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले देवानको घरमा छापामारी गरेर ९ किलो २० ग्राम चरेश, ९ सय २० ग्राम चरेश बनाउँने लाषा र ३ वटा चरेश पेल्ने मेशिनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

देवानले विक्री प्रायोजनाका लागि आफ्नो घरमा चरेश लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापामारी गरेको थियो ।

प्रहरीले उनको घरबाट लुकाईछिपाई राखिएको अवस्थामा आधा किलोको १२ पोका र २ सय ५० ग्रामको १२ पोका गरि ९ किलो २० ग्राम चरेश र ९ सय २० ग्राम चरेश बनाउँने लाशा र चरेश पेल्ने ३ वटा मेशिन बरामद गरेको हो ।

बरामद गरिएको लागूऔषध सहित पक्राउ परेका देवानलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment