भागरथी हत्या प्रकरण : बलात्कारपछि हत्या भएको पुष्टि, दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने परिवारको अडान


बैतडी, २६ माघ । बैतडी दोगडाकेदार नगरपालिका ७ की भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । बैतडी जिल्ला अस्पतालले सोमबार प्रहरीलाई बुझाएको पोष्टमार्टम रिपोर्टमा १७ वर्षीया भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको उल्लेख छ ।

घाँटी निमोठेको र अन्य केही भित्री चोटहरु रहेको भेटिएको छ । थप अनुसन्धान जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनास्थल र शवको सुक्ष्म अध्ययनपछि अनुसन्धानको घेरा साँघुरिएको प्रहरीले जनाएको छ ।

भागरथीको भजाइनल स्वाब परीक्षणका लागि काठमाडौं ल्याइने भएको छ । जिल्ला अस्पताल, बैतडीमा भएको पोष्टमार्टमका क्रममा चिकित्सकहरुले निकालेको स्वाबलाई महाराजगञ्जस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ल्याउन लागिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहले अनुसन्धानमा सहयोग पुग्ने विश्वाससहित परीक्षणका लागि सबुद, प्रमाण काठमाडौं पठाउने तयारी भएको जानकारी दिनुभएको छ । चिकित्सकका अनुसार संकलित स्वाबबाट पहिले ‘सिमेन’ परीक्षण गरिन्छ ।

यसबाट ‘बलात्कार’मा संलग्नको वीर्य योनीमा प्रवेश गरेको छ/छैन भन्ने थाहा हुन्छ । यही परीक्षणबाट घटनामा एक वा एकभन्दा बढी व्यक्ति संलग्न छन् भन्ने पनि थाहा हुनसक्छ । त्यसपछि डीएनए परीक्षणको समेत विकल्प रहेको चिकित्सकहरु बताउँछन् । सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत भागरथी बुधबार साँझसम्म घर फर्किएकी थिइनन् । उनी बिहीबार बिहान मुख्य सडकको केही भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् ।

पोस्टमार्टम रिपोर्ट आउनुअघि प्रहरीले हत्या मात्रै हो या बलात्कार पनि भन्ने यकिन गर्न सकेको थिएन । दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने परिवारले अडान लिएको छ

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment