काठमाडौँ, २७ माघ । चालूआर्थिक वर्षको ६ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.५६ प्रतिशत रहेको छ । मुद्राको अवमूल्यन हुँदा ३.५६प्रतिशतकै दरमा मूल्यवृद्धि भएको छ । यसैगरी ६ महिनाको अवधिमा आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.१ प्रतिशतले र अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा छ ।
नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ७८ करोड अमेरिकी डलर रहेको छ । ६महिनाको अवधिमा संघीय सरकारको खर्च ४ खर्ब १५ अर्ब ७५ करोड र राजस्व परिचालन ४ खर्ब २२ अर्ब २४ करोड भएको छ ।
राष्ट्र बैंकका अनुसार विस्तृत मुद्राप्रदाय ९.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३.० प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी ११ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर १५ प्रतिशत छ ।
६ महिनाको अन्तरालमा मूल्यवृद्धि ३.५६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा ६.८२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९९ प्रतिशत रहेको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।
प्रतिकृया दिनुहोस्
About Maipokhari news
0 comments:
Post a Comment