झापाबाट चोरी भएको मोटरसाइकल इलाममा फेलापारी मोटरसाइकल धनीलाई बुझाइयो

 


इलाम, २७ माघः जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरीले चोरीका मोटर साईकलहरु खोत तलास गर्ने क्रममा फेला पारी सम्बम्धी मोटर साईकल धनीलाई बुझाईएको छ ।  माघ २३ गते जिल्ला इलाम चुलाचुली गाउँपालिका  ४ स्थितवाट चालक टेकहाङ आङदम्बे सहित पक्राउ परेको मे ८ प ८९६१ को मोटरसाइकल अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाईकल जिल्ला झापा अर्जुन धारा नगरपालिका  ४ वस्ने प्रसुन नेपालको नाममा दर्ता रहेको पाइएकोले निजको उक्त मोटरसाइकल मिति २०७७ माघ १५ गते घरवाटै चोरी भएको भने खुल्न आएकोले मोटरसाइकल सहित पक्राउ परेका टेकहाङ आङदम्बेलाई आजै आवश्यक कार्वाहीको लागी इलाका प्रहरी कार्यालय अनारमनी झापा पठाईएको छ ।
 यस्तै माघ १० गते  इलाम फाकफोकथुम गाउँपालिका १ स्थितवाट प्रहरी फेला पारेको चोरीका मोटरसाइकलहरु फेला पारी सम्बन्धीत धनिलाई बुझाएको छ ।

      



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment