दूधका दूध र पानीका पानी छुट्याउन जनताले निर्वाचन चाहेका छन् : सुवासचन्द्र नेम्वाङ


काठमाडौं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समूहका स्थायी कमिटी सदस्य सुवास चन्द्र नेम्बाङले आगामी बैशाख १७ र २७ गतेको निर्वाचनलाई जनताले अनुमोदन गरिसकेको बताउनुभएको छ ।

शनिबार (आज) विराटनगरमा आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले बैशाख १७ र २७ गतेको निर्वाचनलाई जनताले अनुमोदन गरिसकेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय झण्डा बोकेका, हँस्या हथौडा अंकित, सूर्य चिन्ह अंकित झण्डा बोकेका जनलहरले हामी बैशाख १७ र २७ गतेको निर्वाचन चाहान्छौं, भनिहरेका छन् । जनताले बैशाख १७ र २७ को निर्वाचनालाई अनुमोदन गरिसकेका छन् ।’

त्यस्तै, उहाँले दूधका दूध र पानीका पानी छुट्याउनका लागि पनि जनताले निर्वाचन चाहेको दाबी गर्नुभएको छ । उहाँले थप भन्नुभएको छ, ‘काठमाडौंको जनसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई के चाहानुहुन्छ ? भनेर सोध्दा जनताले ‘हामी निर्वाचन चाहान्छौं’ भनेको कुरा अझैं पनि मेरो कानमा गुन्जिरहेको छ । देशका जनता निर्वाचन चाहान्छन् । दूधका दूध पानीका पानी छुट्याउन जनताले निर्वाचन चाहन्छन् ।’

त्यस्तै, उहाँले विराटनगर पुग्नुभएका प्रधानमन्त्री ओलीको अनुहार अन्य दिनका भन्दा पनि थप उज्यालो भएको सुनाउनुदै भन्नुभयो, ‘प्रधानमन्त्री ओलीलाई विराटनगर एयरपोर्टमा लिन जाँदा सदाझैँ उहाँ उज्यालो अनुहारमा देखिनुभयो । आज उहाँले कुनै नयाँ सूचना सुनाउदै हुनुहुन्छ । म पनि प्रधानमन्त्रीको उक्त सूचना पर्खिरहेको छु ।’

यसैक्रममा उहाँले प्रधानमन्त्री ओलीको कदमलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्ने प्रयास गरिएको भन्दै गुनासो पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको कदमलाई लिएर राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास गरियो । अझैँ पनि जारी छ ।’

केहीले संसद विघटन गर्नु संविधान विपरित रहेको बताएपनि संसद विघटन गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘करीब दुई तिहाई बहुमतको प्रधानमन्त्रीले काम गर्न नपाउने ? केही निर्णय गर्न नपाउने ? नेपालमा संसदीय प्रणाली छ । विश्वभरका संसदीय प्रणालीहरुमा जनता गुहार्न जाने प्रधानमन्त्रीको अधिकार छ ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment