इलामको सूर्योदयमा श्रीमतीको हत्यामा संलग्न अभियुक्त पक्राउ

इलाम, ८ फागुनः आफ्नै श्रीमतीको  हत्या पछी फरार रहेका अभियुक्त नेपाल भारतको सिमानाबाट पक्राउ परेको छ ।  फागुन ०२ गते राति इलामको सूर्योदय ननगरपालिका ५ खरबनेटोल बस्ने बर्ष २३ को दिनेश तामाङले आफ्नै श्रीमती बर्ष १९ की गिता तामाङलाई शरिरका भिबिन्न भागमा क्रुर अमानविय तरिकाले कुटपिट गरी हत्या गरेका थियो । हत्या पछी फरार रहेका तामाङलाई पक्राउ गर्न तत्काल प्रहरीद्वारा लुकीछिपी बस्न सक्ने ठाउँहरु तथा सिमानाकामा ब्यापक रुपमा सादा पोशाकमा प्रहरी खटाईएको थियो । 

अभियुक्तलाई खोजीकार्य गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक नविन राईको टोलि र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देउ प्रसाद लिम्बुको टोलिलेफागुन ७ गते राति २२ः३० बजे सूर्योदय नगरपालिका ५ सिद्दिखोला र मेचिखोला दोभान स्थित भारत नेपालको सिमानाबाट पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तलाई  इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएकोछ ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment