रिहा भइन् नेकपा नेतृ रामकुमारी झाँक्री


काठमाडौं, २९ माघ । नेपाल कम्युपनष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा भएकी छन् । विहीबार (आज) दिउँसो १ बजे पक्राउ परेकी उनलाई प्रहरीले साँझ रिहा गरेको हो ।

रामकुमारी झाँक्रीलाई उनका श्रीमान पशुपति पुरीको जिम्मामा रिहा गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

६ माघमा गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपतिबारे दिएकी अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार झाँक्रीलाई शंमखुलस्थित निवासबाट पक्राउ गरेको थियो ।

रिहा भएसँगै नेतृ झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको बताएकी छन् । त्यस्तै, उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने पनि उद्घोष पनि गरेकी छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment