विप्लवको नेतृत्वमा एकजुट भए ४ साना कम्युनिष्ट पार्टीहरु : संयुक्त घोषणा पत्र सार्वजनिक गरिँदै

काठमाडौं, २९ माघ । सरकारको क्रियाकलापविरुद्ध खबरदारी गर्न नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा छरिएर रहेका चार कम्युनिष्ट पार्टी एकजुट भएर घोषणा पत्र सार्वजनिक गर्ने भएका छन् । बिहीबार अपराह्न १२ बजे प्रज्ञा भवन कमलादीमा विप्लव को नेतृत्वमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव समूह, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल (आहुती) नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपाल एकजुट भई घोषणा पत्र सार्वजनिक गरिने जनाइएको छ।

घोषणासभामार्फत सरकारको असंवैधानिक कदमविरुद्ध साझा रुपमा संघर्षका कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमात्र नभई वर्तमान संसदीय व्यवस्था प्रणाली नै असफल हुन लागेकाले अबको विकल्प संघीय जनगणतन्त्र स्थापना नै रहेको घोषणा पत्रमा उल्लेख रहेको जनाइएको छ ।

संसद पुनःस्थापना, ताजा जनादेशका लागि चुनाव, राजतन्त्रको आगमन यी तीन वटैले देशलाई निकास नदिने निष्कर्ष चार दलको ठहर रहेको छ । विदेशी शक्तिको आडमा ओली सरकारले संसद् विघटन गरेको भन्दै चार साना कम्युनिस्ट पार्टीहरुले देशको रक्षाका निमित्त सार्वजनिक घोषणा पत्र सार्वजनिक गर्न लागेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment