नेतृ रामकुमारी झाँक्री पक्राउ


काठमाडौं, २९ माघ । नेकपाको प्रचण्ड–नेपाल पक्षका नेृत रामकुमारी झाँक्री पक्राउ परेकी छन् । झाक्रीलाई अपराध महाशाखाको टोलीले उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो ।

पक्राउ गर्न सादा पोशाकमा खटिएको अपराध महाशाखाको टोली फर्किए पनि नाराबाजी चलेपछि प्रहरी पुनः त्यहाँ पुगेको पुगेको थियो। प्रहरीले पक्राउ पुर्जी दिएपछि उनले आफैले गिरफ्तारी दिएकी हुन् ।

राष्ट्रपतिलाई मानमर्दन गरेको आरोपमा नेकपा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो ।झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको आरोप छ ।

गोरखामा केही दिनअघि नेतृ झाँक्रीले राष्ट्रपति विरुद्ध गालीगलौज गरेको आरोप लगाउँदै नेकपा ओली समूहले विरोध गरेका थिए । उहाँलाई तत्काल पक्राउ गर्न भन्दै ओली समूह सम्बद्ध महिला संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment