काठमाडौंमा भेटियो बल्र्डफ्लू, सावधान रहन स्वास्थ्य मन्त्रालयको सुझाव


काठमाडौं, १८ माघ । काठमाडौंमा बडर्फ्लू देखिएको भन्दै साबधानी अपनाउन स्वास्थ्य मन्त्रालयले सबैमा अनुरोध गरेका छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङ्का स्थानीय किसानले पालेको टर्की तथा हाँसमा संक्रमण देखिएको को पुष्टि भएको भन्दै त्यस क्षेत्रमा बस्ने मानिसहरुलाई बिशेष सावधानी अपनाउन र स्वास्थ्य समस्या देखिए स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाको टोल फ्री नब्म्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले अपील गरेको छ ।

३ हप्ता अगाडि भारतमा देखिएको बर्ड्फ्लू नेपालमा पनि देखिन थालेको स्वास्थ्य मन्त्रालयले बिज्ञप्तीमार्फत् जनाएको छ । भारतबाट रोग सार्न सक्ने सबै बस्तुको आयातमा रोक लगाइएको बताएपनि नेपालमा बर्डफ्लू भारतबाटै आएको बस्तुबाट संक्रमण भएको आशंका बिज्ञहरुको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङ्का स्थानीय किसानले पालेको टर्की तथा हाँसमा संक्रमण देखिएपछि पशु बिभागले १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अण्डा र ७५ किलो दाना नष्ट गरेको छ ।

रोग देखिएको क्षेत्रबाट अन्यत्र संक्रमण नफैलियोस भन्नका लागि सम्पूर्ण घरपालुवा पंक्षी तथा रोग सार्नसक्ने अन्य बस्तु नष्ट गरिसकिएको पशुसेवा विभागले जनाएको छ ।

के हो बर्डफ्लू ?

बर्डफ्लू एभियन इन्फ्लुएन्जा भाइरसको रुप हो । कुखुरा, हाँसलगायत चराचुरुङ्गी जस्ता पंक्षीमा लाग्ने सरुवा रोग हो । अहिले नेपालमा देखिएको बर्डफ्लू भाइरस एच५एच८ भएको पशु बिभागले जनाएको छ ।

बर्डफ्लू चराचुरुंगीबाट मानिसमा सर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन बिशेषज्ञको सुझाब छ ।

बर्डफ्लूबाट कसरी बच्ने ?

– मासु अण्डा राम्रोसंग पकाएर खाने ।
– कुखुरा फार्म लगायत पन्छी नजिक रहेर काम गर्ने व्यक्तिले सरसफाईमा विशेष ध्यान दिने ।
– बिरामी पंक्षी र मरेको पक्षीलाई नछुने ।
– कुखुराको काँचो मासु हातले डाइरेक्ट नछुने । पन्जा लगाएर मात्र छुने ।
– पंक्षीजन्य प्राणी मर्नथाले नजिकैको पशुस्वास्थ्य कार्यालयमा सम्पर्क गर्ने ।

चिकित्सकका अनुसार बर्डफ्लूको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने हुँदा ७२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएको मासु खाँदा बेस हुन्छ ।

बर्डफ्लू पंक्षीबाट मानिसमा सरेपछि बढी घातक हुन्छ । गत बर्ष बर्डफ्लूबाट नेपालमा १ जनाको ज्यान गएको थियो । बधशालामा काम गर्नेदेखि उपभोक्ता पनि बर्डफ्लूको उच्च जोखिम रहेकाले बिशेष साबधानी अपनाउन चिकित्सकको सुझाब छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment