मनाङ : पाँच दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएन, २ हजार हेक्टर जंगल सखाप


मनाङ, १८ माघ । पाँच दिनदेखि निरन्तर लागेको आगोका कारण मनाङको नासो गाउँपालिकाको जनजिवन अस्तव्यस्त बनेको छ ।

माघ १३ गते रातिदेखि नासो गाउँपालिकाको तिल्चे जंगलमा निरन्तर लागेको आगोले अचम्मको बाटो लिदै खोला नै नाँघेर गाउँ प्रवेश गरेपछि नासोवासी संकटमापरेका छन । सुरक्षाकर्मी तथा स्थानीयको कठोर संघर्ष पछि आगोबाट गाउँ जोगिए पनि जङगलको आगो भने निणन्त्रणमा आउन सकेको छैन ।

आगलागीबाट हालसम्म २ हजार हेक्टर बढी जंगल सखाप बनेको छ भने लोपोन्मुख जंगली जीवजन्तुको क्षतिको विवरण पनि लिन सक्ने अवस्था नरहेको बताईएको छ । आगलागीका कारण मनाङका धेरै गाउँवासी पिरो धुँवासंग पौठेजोरी खेल्दै खरानीको धुलोसंग जुझ्न विवश भएका छन् ।

बस्ती जोगियो भनेर ढुक्क हुनु भन्दा पनि पटक पटक मनाङका जंगलहरु जलिरहदा अपराधीको छानबिन नहुनु र पत्ता लगाउन नसक्नु प्रशासनको कमजोरी भएको स्थानीयको आरोप रहेको छ । यता मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीयको पहलमा अपराधीको खोजी भइरहेको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment